दोल्ती पावर कम्पनी लिमिटेडले घाटा घटाएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ९८ लाख ७२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत आवको सोहि अवधिसम्म भने २ करोड २३ लाख घाटा व्यहोरेको थियो । यसरी कम्पनी ५५.८२ प्रतिशतले घाटा घटाउन सफल भएको छ । कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ५ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको ५ करोड ५६ लाखको तुलनामा ४.९३ प्रतिशतले धेरै हो । कम्पनीको साधारण तथा प्रशासनिक खर्च ७३ लाख १७ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भको आकार १५ करोड ३९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ८ड लाख र कुल चालु सम्पत्ति ४ करोड ३९ लाख रुपेयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)१.८४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ७१.३० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१०.४४ रुपैयाँ र पीई अनुपात १९२१.०२ गुणा कायम भएको छ ।