दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक संजिव कुमार साहको राजीनामा स्वीकृत भएको छ । साहले दिएको राजीनामा कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । उनको राजीनामा सोहि दिनदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।