माउन्टेन इनर्जी नेपाल लिमिटेडले चैत १३ गते साधारण सभा बोलाएको छ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।
सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन बुधबार ३० गते बुक क्लोज हुनेछ । तसर्थ, मंगलबार फागुन २९ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

Online Arthik










