अपर तामाकोशी हाइड्रोपावर कम्पनीले जारी गरेको १०० प्रतिशत हकप्रद सूचीकरण गरिएको नेप्सेले जनाएको छ। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।
नेप्सेमा अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर आज सूचीकृत भएको हो। यो कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म आफ्ना शेयरधनीहरुलाई हकप्रद बिक्री खुला गरेको थियो।
हकप्रद निष्कासनका क्रममा संस्थापक समूहको पूरै शेयर बिक्री भए पनि सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्री भएको थिए। उक्त अवितरित हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।