रिडी पावर कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीलाई १ बराबर ०।५० अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ ।
कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ः ०।५० ९१० कित्ताबराबर नयाँ ५ कित्ता० अनुपातमा १०० अंकित दरमा ७७ करोड ४४ लाख ५० हजार ६०० रुपियाँबराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
यसमध्ये ६० हजार ६०२ लगानीकर्ताले कुल ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद शेयरका लागि आवेदन दिएका थिए । सोहीअनुसार चैत २० गते कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो ।
त्यस्तै, कम्पनीले आवेदन नपरेको ११ लाख ३५ हजार ६५७ कित्ता शेयर चैत २९ गतेदेखि शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । सो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले वैशाख ९ गतेभित्र शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।
न्यूनतम १०० रुपियाँ तोकिएको शेयरमा लगानीकर्ताले सो वा सोभन्दा बढी अंकित मूल्य गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ, बुटवल, घोराही–दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्ने बताइएको छ ।