नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ ।
चैत्र २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । यसैगरी सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुने पनि जनाइएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन ।

Online Arthik










