सुनको भाउ लगातार बढेर आज पनि नयां रेकर्ड बनाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९चैत २७ गते० छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि सोमबार ९चैत २६ गते० सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । सो दिन सुनको भाउ प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो । यसअघि आइतबार र सोमबार पनि सुनको भाउ क्रमशः प्रतितोला २९०० र ६०० रुपैयाँले बढेर नयाँ रेकर्ड कामय गरेको थियो ।
यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १६ सय ८५ रुपैयाँ कायम रहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३४४ डलर र चाँदी प्रतिऔंस २७।७८ डलरमा कारोबार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया