काठमाडौं सहर विश्वका बढी वायु प्रदूषित सहरमध्ये पहिलो स्थानमा परेको छ । आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) २४४ पुगेको छ । दोस्रो प्रदूषित  सहरमा भारतको नयाँ दिल्ली र पाकिस्थानको लाहोर रहेका छन् । यी २ सहरको एक्युआई इन्डेक्स क्रमशः २१४ र १८४ रहेको छ ।

 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ । वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले सजग रहन विज्ञहरुले आग्रह गर्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया