देशको सार्वजनिक ऋणको आकार २३ अर्ब बढी पुगेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा सार्वजनिक ऋणको आकार २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको हो ।
यो रकम फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको तुलनामा २ अर्बले कम हो । फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋणको आकार २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ थियो ।
चैत महिना सरकारले २२ अर्ब ६५ करोड साँवा र ६ अर्ब ३२ करोड रुपैयाँ ब्याज गरी करिब २९ अर्ब रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ ।
चैतसम्म तिर्न बाँकी सार्वजनिक ऋणमध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड आन्तरिक र १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । चैत मसान्तसम्म सरकारले आन्तरिक र बाह्य गरी कुल २ खर्ब ३८ अर्ब ९४ करोड रुपैयाँ ऋण सापटीसमेत लिएको छ । जसमध्ये १ खर्ब ७६ अर्ब रुपैयाँ आन्तरिक र करिब ६२ अर्ब ५४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।

तपाईको प्रतिक्रिया