चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको खुद नाफा ८.१३ प्रतिशतले बढेर ८७ करोड १८ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३.३४ प्रतिशतले बढेर ३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको सञ्चालन नाफा पनि ९.४७ प्रतिशतले बढेर १ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ ।
यसको खराब कर्जा भने थारैले बढेर २.०२ प्रतिशत भएको छ । चैत मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । बैंकको रिजर्भ कोषमा भने ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यसको वितरणयोग्य नाफा १ करोड २ लाख ८६ हजार रुपैयाँ छ ।
यता, बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ २५ पैसाले बढेर १६ रुपैयाँ ५ पैसा कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २५ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ भने १४३ रुपैयाँ ४८ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया