
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफालगायतको प्रमुख सूचकहरु घटेका छन् । यसअवधिमा आइपुग्दा यसको खुद नाफा ३३.०५ प्रतिशतले घटेर १३ करोड २ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
१ वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २०.३३ प्रतिशतले घटेर २५ करोड ३० लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । साथै, सञ्चालन नाफा पनि ३२.४० प्रतिशतले घटेर १८ करोड ७८ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाले घटेर १४ रुपैयाँ ०८ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८३ पैसा छ ।