सूर्यज्योति लाइफ इन्सुरेन्सको कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १०।२६ प्रतिशत बोनस सेयर र २४।७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित वैशाख २१ गते वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ । बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ ।
यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सूर्यज्योतिले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज पनि गरिसकेको छ । कम्पनीले वैशाख ७ गते बुक क्लोज गरेको हो । वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।