नेशनल हाईड्रोपावर कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा यो घाटा ४९.८० प्रतिशतले घाटा व्यहोरेको छ । यस्तै कम्पनीको आम्दानी ०.०७६ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ करोड ९१ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने २ करोड ९१ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च भने १०.७१ प्रतिशतले बढ्दै ९२ लाख १५ हजार पुगेको छ । अघिल्लो आवमा यस्तो खर्च ८३ लाख २३ हजार रुपैयाँ थियो । यो अवधिसम्म कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा १ करोड १२ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर ७२ लाख ३४ हजारमा सीमित भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको रिर्जभको आकार ८१.५७ प्रतिशतले बढ्दै १ करोड ५० लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण)०.३७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१.९९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०१.३३ र मुल्य आम्दानी अनुपात ४११.०१ गुणा कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया