आशा लघुवित्त वित्तीय संस्थाको फागुन १६ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत ११ गते, संस्थाको केन्द्रिय कार्यालय ककनी, नुवाकोटमा बस्ने भएको हो ।सभाले हाल कायम रहेको चुक्ता पुँजीको १४.२८५७ प्रतिशत बोनश शेयर र ०.७१४३ प्रतिशत नियमानुसार लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।सभाले संचालक समितिको आर्थिक वर्षको वित्तिय विवरणको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन लगायत नयाँ लेखापरिक्षक नियुक्त गर्ने प्रस्तावहरु रहेका छन् । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने भएकोले तसर्थ फागुन २५ गते सम्म कायम शेयरधनीहरुले लाभांश पाउने र सभामा उपस्थित हुन पाउनेछन् ।

तपाईको प्रतिक्रिया