
सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गने आज वैशाख १८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख १९ देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज वैशाख १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले वैशाख ३१ गते सोमबार ललितपुरमा साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर पयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।