अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने यो वर्ष एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ४९ लाख रुपैयाँ घाटामा रहेको छ ।

संस्थाको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । खुद ब्याज आम्दानी ३२।४५ प्रतिशतले घट्दै १७ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी २५ करोड ९६ लाख रुपैयाँ थियो । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ७ करोड २७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड २४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । संस्थाको कर्मचारी खर्च पनि १७ करोड ६७ लाख रुपैयाँ ऋणात्मक र अन्य सञ्चालन खर्च ५ करोड ९२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
यो अवधिसम्म संस्थाको निक्षेप संकलन घटेको छ । अघिल्लो आवसम्म १ अर्ब ५४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने १ अर्ब ३४ करोड मात्रै निक्षेप संकलन गर्न सफल भएको छ ।
संस्थाको कर्जा प्रवाह पनि बढेको छ । संस्थाले ५ अर्ब ९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४।७१ प्रतिशतले धेरै हो ।
संस्थाको खराब कर्जा अनुपातमा केहि कमी आएको छ । संस्थाको खराब कर्जा अनुपात ८।२९ प्रतिशत कायम भइको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ८।९७ प्रतिशत कायम थियो ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी९ईपीएस०१३।८५ रुपैयाँ ऋणात्मक,,प्रतिसेयर नेटवर्थ १२६।२० रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२।३८ गुणा ऋणात्मक,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५३।५२ रुपैयाँ र तरलता अनुपात ९।९५ प्रतिशत कायम भएको छ

 

तपाईको प्रतिक्रिया