![](https://onlinearthik.com/wp-content/uploads/2024/05/capture-20.jpg)
बुटवल पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ।
कम्पनील चालु आर्थिक वर्षको चैतसम्ममा १८ करोड ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले २६ करोड ८१ लाख खुद नाफा कमाएकोमा यस वर्ष नाफा ३२.८६ प्रतिशतले घटेको हो।
कम्पनीको विद्युत बिक्री आम्दानी घट्दा नाफा प्रभावित भएको हो। गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट ५८ करोड ३१ लाख आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा यस्तो आम्दानी ५४ करोड ३७ लाख रुपैयाँमा झरेको छ। कम्पनीको सञ्चालन नाफा २५ करोड ९२ लाख रुपैयाँबाट घटेर २१ करोड ८८ लाख रुपैयाँमा झरेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ छ।
चैतसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ७८ पैसा छ।