आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आजसम्म रहेको छ ।
कम्पनीले गत २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश पारित गर्न साधारण सभा बोलाएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १४ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आज अर्थात् आइतबारसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउने छन् ।
कम्पनीले सभा आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्साल, काठमाडौंमा विहान ११ बजेबाट शुरु हुने बताएको छ । प्रस्तावित लाभांश आगामी जेठ २८ गते हुन लागेको कम्पनीको ७ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् ।

Online Arthik










