साविकको लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल मिलेर बनेको लक्ष्मी सनराइज क्यापिटलको शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ।

२०८०/८१ सम्म खाता खोलेका सम्पूर्ण डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ। खातावालाहरले यही असार मसान्तभित्र लक्ष्मी सनराइज बैंक वा फोनपे, क्यूआर पेमेन्ट,खलती, कनेक्ट आईपीएस,प्रभु पे,आइएमई पे,ई–सेवा तथा मेरो सेयर ड्यासबोर्डमार्फत भुक्तानी गर्न सक्नेछन् ।

 

तपाईको प्रतिक्रिया