एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले असार १४ गते विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समिति बैठकले बबरमहलस्थित बसेरा बुटिक होटलमा साढे १२ बजे सभा बस्ने निर्णय गरेको हो ।
अधिकृत तथा जारी पुँजी वृद्धिपश्चात् हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा असार ९ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।