आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्रीका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाण्डौ उपत्यकाको तापक्रमको पूर्वानुमान गर्दै यस्तो जनाएको हो ।
विभागका अनुसार काठमाण्डौ उपत्यकामा मनसुन भित्रन भने अझे केहि समय लाग्ने भएको छ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राती कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।