यूनाइटेड मेवाखोला हाइड्रोपावरकम्पनीले आइपीओ निष्कासनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६१ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।
सेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा बुधबार आयोजित एक समारोहकाबीच नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाइड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।