आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले बिक्री गर्न लागिएको सेयर संख्या भने खुलाएको छैन् ।

कम्पनीको उक्त संस्थापक सेयर संस्थापक सेयरधनीहरूले किन्न नचाहेपछि सर्वसाधारण वा संस्थाले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो ।

यो सेयर खरीद गर्न इच्छुकले असार २३ गतेले ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा १० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु सक्नेछन् ।

 

तपाईको प्रतिक्रिया