आईसीएफसी फाइनान्स कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका असार १८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।

कम्पनीले आगामी ७ वर्षसम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १ लाख २० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

 

तपाईको प्रतिक्रिया