रोटरी क्लब अफ हिमालयन गोल्फरले रोटरी वर्ष २०२४/२५ का लागि रोटरियन विजय बहादुर श्रेष्ठलाई प्रेसिडेन्टमा चयन गरेको छ ।

हिमालयन गोल्फरको तेस्रो पदस्थापना समारोहमा रोटरी क्लबका डीष्ट्रिक गर्भनर राजेन्द्रमान शेचनले प्रेसिडेन्ट श्रेष्ठलाई रोटरी पीन प्रदान गरेका हुन् ।

रोटरी क्लब अफ हिमालयन गोल्फर चार्टर भएको तेस्रो वर्ष प्रवेशको अवसरमा सो पदस्थापना समारोह आयोजना गरिएको हो ।

रोटरी क्लब ३२९२ नेपाल, भुटानका गर्भनर राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न सो पदस्थापना समारोहमा डीष्ट्रिक गर्भनर शेरचनले रोटरी इन्टरनेशनलको म्याजीक रोटरी थिमलाई अघि बढाउँदै सन् २०२४/२५ लाई भाइब्रेन्ट रोटरी वर्षको रुपमा अघि बढाउन चाहेको बताए ।

रोटरीले अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मासाथ गर्दै शिक्षा, स्वास्थ्य, जनचेतना मुलक कार्यक्रमसँगै समुदायमा देखापरेको समस्या र चुनौतीलाई सामूहिक रुपमा चिर्न आफू सफल रहने विश्वास व्यक्त गरे ।

क्लबले सन् २०२४/२५ का लागि विजय बहादुर श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय क्लब सञ्चालन समीति गठन गरेको छ । जसमा प्रेसिडेन्ट इलेक्ट दमन बहादुर घले, कोषाध्यक्षमा सुमेद भट्टराई, क्लब सचिवमा आरती राज्य लक्ष्मी राणा, समीति प्रोजेक्ट चेयरमा प्रवेश फुयाल, टिआरअफ चेयरमा सेस्टन गुरम्यान श्रेष्ठ, मेम्बरसिप चेयरमा विष्णुदेव पन्त, पब्लीक रिलेशन चियेरमा फिन्ट्सो ओङदी लामा, सरजेन्ट एट आर्मस आत्माराम सिम्खडा रहेका छन् भने क्लबको निवर्तमान अध्यक्षको रुपमा प्यारजंग थापा र मेम्बरमेन्टरको रुपमा दिपक भण्डारीलाई चयन गरिएको रोटरी क्लब अफ हिमालय गोल्फरले जनाएको छ ।

क्लबले आगामी वर्षको लागि बजेट सँगसँगै आफ्ना कार्यक्रमहरुलाई जनमानसमा लैजाने अध्यक्ष श्रेष्ठले बताए । उनले क्लबलाई मजबुत क्लबको रुपमा स्थापीत गर्ने अठोट समेत व्यक्त गरे।

यस्तै, सन् २०२४/२५ मा क्लब सदस्यको संख्या ४० पुर्‍याउने उद्धेश्य रहेको क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया