स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ४.५१ प्रतिशत घटेर ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेर ५ अर्ब १५ करोड ४४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत वर्ष बैंकको नेट फि एण्ड कमिशन इनकम १०.२७ प्रतिशत बढेर १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.५३ प्रतिशत घटेर ७ अर्ब २५ करोड २१ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेर ४ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । जसआधारमा बैंकले गत वर्षको नाफाबाट २६.५० प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ र जगेडा कोष ३.८९ प्रतिशत बढेर ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप ४.२७ प्रतिशत घटेर १ खर्ब १२ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा ४.२५ प्रतिशत बढाएर ८१ अर्ब १४ करोड रुपैयाँ प्रवाह गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १.६६ रुपैयाँ घटेर ३५.०९ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २१८.०४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ ।

बैंकको यस अवधिमा खराब कर्जा अघिल्लो वर्ष १.१८ प्रतिशत बढेर २.१४ प्रतिशत पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७६.८३ प्रतिशत, आधार दर ६.६ प्रतिशत छ ।

 

तपाईको प्रतिक्रिया