आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द रहने भएको छ । आइतबार सार्वजनिक विदा परेको हुँदा सेयर कारोबार नहुने भएको हो ।

गृह मन्त्रालयले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २० गते काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

सोही कारण नेप्सेमा सेयर कारोबार नहुने भएको हो । अब सोमबार मात्रै सेयर कारोबार खुल्नेछ ।

तपाईको प्रतिक्रिया