नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनको कुरा गरेका थिए ।

राष्ट्रपतिका प्रेस सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनाएको जानकारी दिएका छन् ।

राष्ट्रपति, सेना र विद्यार्थीबीचको बैठकपछि यो निर्णय भएको हो ।

मोहम्मद युनुसले भनेका छन्, ‘यति धेरै त्याग गरेका विद्यार्थीले मलाई यो कठिन समयमा नेतृत्व गर्न आग्रह गरिरहेका छन् भने म कसरी अस्वीकार गर्छु ।’

मंगलबार बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा हिरासतमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया