नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९÷८० का लागि प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भोलि(साउन २४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।
यो लाभांश कम्पनीको आगामी भदौ ७ गते आयोजना हुने कम्पनीको ३६ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।

Online Arthik










