नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १३.४९ प्रतिशत कम नाफा गरेको हो ।

गत असारसम्म कम्पनीको खुद बीमाशुल्क ८.५७ प्रतिशत घटेर ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीको गत वर्ष खुद दाबी भुक्तानी ०.९१ प्रतिशत घटेर ३ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६७ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

गत असारसम्म कम्पनीको कुल आम्दानी ९.३० प्रतिशत घटेर ६ अर्ब ५३ करोड ३९ लाख रुपैयाँ र कुल खर्च ८.७४ प्रतिशत घटेर ५ अर्ब ७९ करोड ६९ लाख रुपैयाँ गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ, विशेष जगेडा कोष ३ अर्ब ९२ करोड रुपैयाँ, महाविपत्ती कोष ३.३३ प्रतिशत बढेर २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ६१.६८ प्रतिशत बढेर १ अर्ब ८ करोड ८७ लाख रुपैयाँ र अन्य इक्विटी ७८ करोड ८० लाख रुपैयाँ रहेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ६३ पैसा घटेर ४.०३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ ।

 

तपाईको प्रतिक्रिया