मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला २१ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढर एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।