नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले यसपालिको दसैं–तिहार र छठजस्ता चाडपर्व लक्षित नयाँ ग्राहक योजना ‘बिगेस्ट दसैं’ योजना सार्वजनिक गरेको छ। अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकले १० लाख रुपैयाँसम्मको हात खाली नजाने स्योर सट क्यासब्याक उपहार प्राप्त गर्नेछन्।

‘नेपालीको महान् चाड बडादसैंलाई नामजस्तै भव्य र ठूलो बनाउने सोचअनुसार यो अफर ल्याएका हौं। यामाहाका बाइक र स्कुटर किन्दा अधिकतम १० लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले ग्राहकले यसपालिको दसैं अहिलेसम्मकै भव्य महसुस गर्ने विश्वास छ’, यामाहा नेपालका सीईओ सञ्जीव शुक्लाले भने।

कम्पनीले यामाहाको स्टाइल, स्पोर्टिनेस र एक्साइटमेन्टले भरिपूर्ण एफ जेड भी थ्री बाइकमा १० वर्षे वारेन्टी पनि जारी गरेको छ। यामाहाले अन–द–स्पट एक्सचेन्ज सुविधा दिनेछ भने ग्राहकका लागि शून्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा उपलब्ध गराउनेछ।

तपाईको प्रतिक्रिया