भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्। असोज १ गते इन्द्रजात्राको काठमाण्डौ उपत्याकामा बिदा परेकाले सेयर बजार बन्द रहनेछ । यो लाभांश कम्पनीको आगामी असोज १६ गते आयोजना हुने कम्पनीको २४ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।