नेशनल बैंकिङ्ग इन्स्टिच्युट कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले पुस ८ गते बिहान साढे ११ बजे काठमाडौंमा १६औँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सभाले कम्पनीको चुक्ता पुँजी ३० करोड रुपैयाँ कायम गर्ने, सञ्चालक समिति सदस्यको संख्या ५ बाट ७ पुर्याउनेछ ।

यस्तै, सञ्चालक समितिबाट नियुक्त भएका नेपाल राष्ट्र बैंकका नेफिल मातङ्गि मास्के र ग्लोबल आइएमई बैंकका बिल डागालाई सञ्चालकमा अनुमोदन गर्नेछ ।

तपाईको प्रतिक्रिया