सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका १३ जना संस्थापक सेयरधनीहरुको ८८ हजार १८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ८६४ रुपैयाँ निर्धारण गरिएको छ ।
संस्थापक सेयरधनीहरुले सूचना जारी भएको ३५ दिनभित्र संस्थाको सेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङको कार्यालय वा पोखरामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।