
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन देखि आज बिहान १० बजे सम्म ९.५१ गुणा बढी आवेदन परेको छ । सीडीएससीको तथ्यांकअनुसार १२ लाख ९९ हजार ४१३ आवेदनबाट १ अर्ब ७५ करोड ५९ लाख ३८ हजार रुपैया बराबरको आइपिओमा माग भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पुस २१ गते आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैया बराबरको १८ लाख ४५ हजार कित्ता सेयर खुलाएको थियो ।
२०७९ मा नेपाल बिमा प्राधिकरणबाट लाइसेन्स पाएको यो कम्पनीले व्यवसाय विस्तार गरिरहेको कम्पनीले गत वर्ष २७ लाख ५० हजार नाफा कमाएको थियो चालु वर्षमा ८४ लाख १४ हजार नाफा कमाउने प्रक्षेपण गरिएको छ ।
कम्पनीको प्रति सेयर आम्दानी ०.२५ रुपैया र प्रति सेयर नेटवर्थ १००.५९ रुपैया छ ।