
नेपाल सरकारले स्वीकृती दिएसँगै सेबोनले आज(माघ ३ गते) अब एसएमईसम्बन्धी नियमावली लागू भएसँगै २५ करोड रुपैयाँभन्दा कम चुक्तापँजी भएका कम्पनीहरुले छुट्टै प्लेटफर्ममार्फत सार्वजनिक निष्कासन गर्नेछन् । यस्ता कम्पनीहरुलाई चुक्तापूँजीको ३० देखि ४९ प्रतिशतसम्म सर्वसाधारण्मा आईपीओ जारी गर्न दिइने व्यवस्था गरिएको छ । सर्वसाधारणले यस्ता कम्पनीको आईपीओ भर्दा न्यूनतम ५ सय कित्ताका लागि आवेदन दिनु पर्नेछ ।
नियमावली अनुसार लगातार ३ वर्षसम्म नाफामा रहेका एसएमई कम्पनीले प्रिमियम मूल्यमा समेत आईपीओ जारी गर्न पाउनेछन् । कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नु पूर्व प्रारम्भिक सार्वजनिक निष्कासन गरिने धितोपत्रको ५ प्रतिशत सोको निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्ने मर्चेन्ट बैङ्करले र १५ प्रतिशत योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको हुनु पर्नेछ ।
आईपीओ जारी गर्दा क्रेडिट रेटिङ्ग गर्न बोर्डले निर्देशन दिन सक्नेछ । बोर्डले सङ्गठित संस्थाको क्रेडिट रेटिङ्ग गर्न आवश्यक देखेमा यस नियमावली बमोजिम धितोपत्रको सार्वजनिक निष्कासन गर्नुपूर्व क्रेडिट रेटिङ्ग गर्ने संस्थामार्फत् क्रेडिट रेटिङ्ग गराउन सङ्गठित संस्थालाई निर्देशन दिन सक्नेछ ।
यस्तै बोर्डबाट धितोपत्रको सार्वजनिक निष्कासन सम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र सहित संस्थाले धितोपत्रको बिक्री खुला गरि सक्नु पर्नेछ ।
देखि साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१’ आज लागू गरेको छ।
सेबोनले एक सूचना जारी गर्दै नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गलाई समेत पत्राचार गरिसकेको जनाएको छ । यससँगै अब कम चुक्तापूँजी भएका कम्पनीहरुले एसएमई प्लेटफर्ममार्फत आईपीओ जारी गर्नेछन् । यसअघि भने साना ठूला दुवै कम्पनीहरुले एउटै प्लेटफर्ममार्फत आईपीओ जारी गरी कारोबार गर्दै आईरहेका थिए ।