नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले माघ १४ गतेदेखि लागू  हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)  ले शुभ पूर्वाधार खाता योजना अन्तर्गतको ५ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिगततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

त्यस्तै बैंकले यो अवधिका लागि संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि यो खाता योजनामा ५ वर्ष र त्यो भन्दा माथि अवधिका लागि व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदरको व्यवस्था थियो ।

यस्तै बैंकले १० वर्षभन्दा माथि अवधिका लागि व्यक्तिगत निक्षेपतर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । व्यक्तिगततर्फ यो खाता योजनामा न्यूनतम १ करोड रुपैयाँ र संस्थागततर्फ ५ करोड रुपैयाँ निक्षेप राख्नुपर्ने बैंकले जनाएको छ ।  त्यस्तै बैंकले कर्जाको ब्याजदर पनि निर्धारण गरेको छ । प्रोजेक्ट लोनको ब्याजदर आधारदरमा ४ प्रतिशतसम्म जोडर प्रदान गर्ने बैंकले जनाएको छ । पुसमा बैंकको आधारदर ७.०९ प्रतिशत कायम थियो ।

तपाईको प्रतिक्रिया