राष्ट्रिय बाणिज्य बैंक कम्पनीको सञ्चालक समितीका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा कम्पनीको ९ औंं वर्ष पूरा गरि १० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा माघ १५ गते होटेल रोयल सिङ्गीमा वार्षिकोत्सव मनाइएको हो । उक्त अवसरमा प्रमुख अतिथि नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी,विशेष अतिथीहरु राष्ट्रिय बाणिज्य बैंकका प्रमख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक र अतिथीहरुमा,सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृत तथा यस संस्थाका पूर्व अध्यक्ष कबिराज अधिकारी,नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का,आरविवि म्युचुअल फण्डका कोष सुपरिबेक्षक प्राडा डिल्ली राज शर्मा,डा.खोम राज खरेल,ब.अ.सानु राज पोखरेल,सिए मधुविर पाण्डे,दुर्गा राज रेग्मी, इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाईं,सञ्चालकहरु पवन रेग्मी,दुर्गा कुमारी कडेल,राम कुमार थापा,कृष्ण श्रेष्ठ,नरेश जंग थापा,राष्ट्रिय, बाणिज्य बैंक केन्द्रिय कार्यालयका विभागीय प्रमुख तथा उप प्रमुख, काठमाण्डौ उपत्यकाभित्र रहेका रा.बा.बैंकका सम्पूर्ण शाखा प्रमुखहरु,रावा बैंकका उपत्यका बाहिरका शाखा कार्यालयहरु हेटौंडा,सल्लेरी इटहरी,सुर्खेतका शाखा प्रमुखहरु तथा आरविवि मर्चेन्ट बैंकिङ्गका कर्मचारीहरुको उपस्थीती रहेको थियो ।
उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले कम्पनी ९ वौं बर्ष पुरा गरि १० औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा सुम्पुर्ण उपस्थिहरुलाई स्वागत मन्तव्य दिनुका साथै कम्पनीको ९ बर्षमा भएका कार्य प्रगती विवरण पेश गरेका थिए ।
जसअनुसार संस्थाको आव २०७३/७४ मा ०.३५ रुपैयाँ ईपीएस रहेकोमा २०८०/८१ मा १९.०७ रुपैयाँ प्रति सेयर ईपीएस कायम भएको छ । साथै आव२०७३/७४ मा १००.७५ रुपैयाँ नेट वर्थ रहेको मा आव २०८०/८१ मा १२८.०५ रहेको छ । कुल आयमा आर्थिक वर्ष २०७३/७४ देखि आव २०८०/८१ मा आइपुग्दा २०१ प्रतिशत वुद्धि भएको र खुद मुनाफामा ६६० प्रतिशत बृद्धि गरि आव २०८०/८१ मा १८ प्रतिशत नगद लाभांश समेत गरि कुल ५३.६६ प्रतिशत नगद लाभांश राष्ट्रिय बाणिज्य बैंकलाई दिएको छ ।
यसरी समग्र रुपमा आर्थिक प्रगतीका सूचकांकहरुलाई हेर्दा कम्पनीको मुनाफामा उल्लेख्य बृद्धि भएको छ । प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल द्धारा कम्पनीको भावी योजना,कम्पनीका चुनौतीको बारेमा समेत प्रस्तुत गरेका थिए । सो अवसरमा राष्ट्रिय बाणिज्य बैंकका शाखा कार्यलयहरु मध्ये उत्कृष्ट हितग्राही खाता खोल्ने १० वटा शाखा कार्यालयहरु, बानेश्वर, कीर्तिपुर, ईटहरी,, चरिकोट, ललितपुर, नक्साल,सल्लेरी,सुर्खेत,हेटौडा,बालाजु शाखाहरुका शाखा प्रमुखहरुलाई प्रमुख अतिथी तथा सभाका सभापती बाट सम्मान पत्रका साथै खादा लगाएर सम्मान गरिएको थियो । । साथै सभाका सभापती तथा प्रमुख कार्यकारी अधिकृतबाट संस्थाका २ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पत्रका साथै नगद पुरस्कारद्वारा सम्मान गरेका थिए ।


Online Arthik











