
यो अवधिमा कम्पनीको आम्दानी भने ७.६५ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४५ करोड ७५ लाख रुपैयाँबराबरको रहेको आम्दानी घटेर ४२ करोड २५लाख रुपैयाँमा सीमित बनेको छ ।
यो अवधिसम्म कम्पनीले २४ लाख ४२ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको कुल खर्च १४ करोड ४ लाख रुपैयाँ रहेको छ । यसका साथै कम्पनीले वित्त खर्च १२ करोड ८० लाखबाट घटेर ८ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको रिजर्भ कोषको आकार भने ४१ लाख ९५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । २९ करोड ४८ लाख रुपैयाँबराबरको कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व भने ११ करोड १२ लाख रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ कायम भएको छ ।