सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको २ लाख १३ हजार १७९ कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिद दिन दिन पाउनेछन्।
इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नयाँ बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन पेस गर्न ३५ दिन अर्थात चैत ६ गतेसम्मको समय दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

Online Arthik










