
सिन्धु विकास बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्रीको प्रस्ताव गरेको छ । मंगलबार बेलुका बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन सहित उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने–गाभिने प्रस्ताव गर्दै साधारण सभा बोलाएको हो बैंकले एकैसाथ १४ औं तथा १५ औं वार्षिक साधारण सभा गर्ने भएको हो । सभा फागुन २८ गते काभ्रेको धुलिखेल स्थित होटल मिरावलमा हुने भएको हो । साधारणa सभा प्रयोजनका लागि फागुन १५ गते १ दिनको लागि बुक क्लोज मिति तय गरिएको छ ।
बैंकले हाल कायम रहेको चुक्ता पुँजीको २ः१ (प्रत्येक २ सेयरमा १ हकप्रद सेयर) अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव छ । हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ ।
यस्तै, सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने उल्लेख छ । गाभ्ने गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पूरा गर्ने लगायतका सम्पूर्ण प्रकृया पूरा गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गरिएको छ ।