
एनएमबि हाइब्रिड फण्ड एल–२ को आवेदन दिन अब दुईदिन बाँकी रहेको छ । गत माघ २४ गतेबाट निष्कासनमा आएको एनएमबि हाइब्रिड फण्ड एल–२ ले १ अर्ब २० करोड रुपैयाँको इकाई बिक्री खुला गरेको हो । क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको छ । एनएमबि हाइब्रिड फण्ड एल–२ दश वर्षे बन्दमुखी योजना हो।
फण्डले १४ प्रतिशतले हुन आउने १ करोड ६८ लाख इकाई कोष प्रबर्धक एनएमबि बैंक र १ प्रतिशतले हुन आउने १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखेको छ। बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड २० लाख इकाईमा माघ २८ गतेसम्म आवेदन दिन सक्नेछन्। यस अवधिमा सबै इकाई बिक्री नभए फागुन ८ गत पाँचबजेसम्म आवेदन दिन सकिने छ । आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय तथा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने छ ।