साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ बिन्दुमा कायम भएको छ । चार दिनदेखि लगातार बढेको नेप्से बलियो रेसिस्टेन्ट नजिक झिनो अंकले बढेर बन्द भएको छ । बिहीबार ८ अर्ब ६२ करोड बराबरको कारोबार भएको छ । चार दिनदेखि लगातार बढेको नेप्से बलियो रेसिस्टेन्ट नजिक झिनो अंकले बढेर बन्द भएको छ । ट्रेडिङ इन्डेक्स ३.७७ र लाइफ इन्स्योरेन्स २.४२ प्रतिशतले बढ्दा ननलाइफ र अदरले पनि साथ दिए । बाँकी सबै सेक्टरमा गिरावट देखियो ।

तपाईको प्रतिक्रिया