नेपाली फुटबल प्रशिक्षक  तथा पूर्व खेलाडी हरिओम श्रेष्ठको निधन भएको छ ।

५५ वर्षीय श्रेष्ठको उपचारका क्रममा आज बिहान वीर अस्पतालमा मृत्यु भएको हो । केही दिन अघि धरानमा भएको बुढासुब्बा गोल्डकपका दौरान उनलाई हृदयघात भएको थियो । बुढासुब्बा गोल्डकपका लागि एनआरटि टिमको प्रशिक्षक भएर धरान गएका उनलाई हृदयघात भएपछि केही दिन धरानमै उपचार गरेर त्यसपछि काठमाडौं ल्याइएको थियो ।

काठमाडौंमा उनलाई गंगालालमा राखेर उपचार गरिएको थियो । शुक्रबार मात्र स्वास्थ्यमा केही सुधार भएपछि घर फर्काइएका श्रेष्ठको आज विहान एक्कासी स्वस्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएको थियो ।

वीर अस्पतालमा उनको उपचारका क्रममा निधन भएको एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले जानकारी दिए । उनको अन्त्येष्टि आजै गरिने तयारी छ । महिलाको विभिन्न उमेर समूहको राष्ट्रिय फुटबल टिमको प्रशिक्षकका रूपमा लामो समय बिताएका उनी पछिल्लो समय एनआरटीका प्रशिक्षक थिए ।

 

तपाईको प्रतिक्रिया