आज सुनको मुल्यमा ५ सयले वृद्धि हुदै आज सम्मको रेकर्ड ब्रेक गरेको छ । आज प्रतितोला ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो । सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यसअघि सुनको मूल्य गत कात्तिक १५ गते र फागुन ८ गते हालसम्मकै उच्च कायम भएको थियो । त्यसबेला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम भएको थियो ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

Online Arthik









