छिमेक लघुवित्त वित्तीय संस्थाले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ सय रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र मध्य बानेश्वर काठमाण्डौमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

अन्यथा, अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया