नबिल बैंकले समीक्षा अवधिसम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो रकम अघिल्लो आवको तुलनामा ८.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ६६ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा भन सामान्य गिरावट आएको छ । बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद सञ्चालन आम्दानी ७.५४ प्रतिशतले बढेर १३ अर्ब पुगेको छ । बैंकले २ अर्ब २७ करोड रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ ।

बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब २९ करोड रुपैयाँ ट्ट्टाएको छ । अघिल्लो आवमा बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब २३ करोड रुपैयाँको व्यवस्था गरेको थियो ।

बैंकको रिटेन्ड अर्निङ ६.७७ प्रतिशतले घटेर २ अर्ब ८७ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको रिजर्भको आकार भने ९.७४ प्रतिशतले वृद्धि भएर ३१ अर्ब ३१ करोड कायम भएको छ ।

तपाईको प्रतिक्रिया