ट्रेड टावर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३ लाख ९७ हजार १६९।३० कित्ता आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत चैत २५ गते ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरेको हो ।
नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको सम्पूर्ण सेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समुहमा थप गरी सर्वसाधारणका निष्कासन गरिने कम्पनीले जनाएको छ।
कम्पनीको सेयर निष्कासन बन्द वैशाख २२ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

Online Arthik










