मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज स्थानीय बजारमा एक लाख ८८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Online Arthik










